रामबहादुर देउबा–लामो समयको संघर्ष र कयौ नेपाल आमाका सपुतहरुले ज्यानको बलि चढायपछि मात्र जनताले छानी पठाएका जनप्रतिनिधी द्वारा नेपालमा संविधान बन्यो । दुर दराजका कुना कन्धराहरुमा विकासको लहर छाउँछ र गरिव तथा निमुखाहरुका दःखका दिनहरु समाप्त भए सबैले सुःखको शास फेर्न पाउने भए भन्ने सोच हरेक नेपाली नागरिकको मानस पटलमा सलबलाउन थालेको थियो । संविधान सभावाट संविधान पारित भएको समयमा जनताहरु जति खुःसी र हर्षित देखिन्थ्य आज त्यत्तिकै निरास समेत देखिन्छन कारण नेपाली जनताका हक अधिकारका कुराहरु संविधानमा त लेखिए तर कार्यान्वयनमा आउँन सकेनन । विधिको शासन तथा कानुनी राज्यको प्रत्याभूति जनताले सोचे जस्तो महशुस गर्न पाएका छैनन । दैनिक रुपमा ज्याला मजदुरी गरेर जिउज्यान पाल्ने वर्गहरु झझन विपन्न हुदै गए । स्वास्थ्य समन्धि अधिकारले संवैधानिक मान्यता पाएता पनि त्यसको अधारभूत तहःसम्म मात्र कार्यान्वयनका लागि २५औँ दिन सम्मको सत्याग्रहको अवस्थामा समेत नेपाल आमााका सच्चा सपुत प्राध्यापक डक्टर गोविन्द के.सीले आमरण अनशनको सामना गर्नु प¥यो । विकास निर्माणका चरणमा ढिलासुस्ति अनियमितताले प्रश्रयता पाउँन थाल्यो । हरेक चरणका विकासका गतिविधिहरुमा राम्रो भन्दा पनि हाम्रोले स्थान पाउँन थाल्यो यस्तो अवस्थामा कसरी भन्ने जनताले अधिकार पाए ?कसरी भन्ने नयाँ नेपालको निर्माण भयो ?यसर्थ जुन उद्धेश्यका साथ संविधानको निर्माण भयो त्यही अनुरुपको कार्यान्वयन हुनु आजको आवश्यकता पनि हो ।