वडा–वडामा नेपाली काँग्रेसको विरोध कार्यक्रम

नेपाली काँग्रेसले संसद् विघटनका विरूद्ध देशैभरीका पालिका स्तरिय विरोध सभापछि वडास्तरीय आन्दोलन गर्ने भएको छ । तारकेश्वर नगरपालिका वडा नं। ६ मा नेपाली काँग्रेस वडा कार्यसमितिको आयोजनामा माघ ८ गते विरोध प्रदर्शन र विरोध सभा हुन लागेको हो ।

विरोध सभा सफल पार्नका लागि तारकेश्वर ६ को बस्नेतटारमा कार्यकर्ताहरु भेला भई -यालीसहित पैँयाटारको बंगलामुखी मन्दिरमा ३ः ०० बजे विरोध सभाको आयोजना हुने भएको छ ।

ओली सरकारले गरेको असंवैधानिक तथा अलोकतान्त्रिक कदमको बिरोधमा नेपाली काँग्रेसले केही दिनदेखि नै निरन्तर रूपमा सङ्घर्ष गर्दै आइरहेको छ ।

Loading...
error: Content is protected !!