नेपालमा बुधबार थप ३ सय १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको ५ हजार १२ वटा नमूनाको पीसीआर परिक्षणका क्रममा ३ सय १८ जनामा कोरोना संक्रमण देखिएको हो । स्वास्थ्य मन्त्रालयको आधिकारिक वेभसाइटमा राखिएको विवरण अनुसार यससँगै नेपालमा कोरोना संक्रमितहरुको कूल संख्या २ लाख ६८ हजार ३१० पुगेको छ ।
यस्तै गएको २४ घण्टामा मृत्यु भएका ६ जनासहित नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ७५ पुगेको छ । त्यस्तै बुधबार थप ३८३ जना संक्रमित निको भएका छन् । योसँगै हालसम्म २ लाख ६२ हजार ६४२ जनाले कोरोनालाई जितेका छन् ।
मुलुकभर अहिले सक्रिय कोरोना संक्रमितको संख्या ३ हजार ६ सय ९३ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म २० लाख २६ हजार ७२६ जनाको पीसीआर माध्यमबाट कोरोना परिक्षण गरिएको छ ।