भारतको पुनेस्थित मन्ज्री क्षेत्रमा रहेको सेरम इन्स्टिच्युटको भवनमा बिहीबार आगलागी भएको छ । कोराेना भाइरसविरुद्ध अक्सफोर्ड–अस्ट्राजेनिकाकाे कोरोना खाेप सेरम इन्स्टिच्युटमा उत्पादन हुँदै आएको छ ।
भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार कम्पनीको भवनभित्र कोही पनि थुनिएका भने छैनन् । प्रारम्भीक जानकारी अनुसार उक्त आगलागी नियन्त्रणमा लिन विभिन्न ठाउँबाट अग्नि नियन्त्रकहरु प्रयासरत छन् ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार यो भवन निर्माणधीन रहेकोले यहाँ अखोप उत्पादा भइरहेको छैन । कम्पनीको खोप उत्पादन केन्द्र भने सुरक्षित रहेकाले कम्पनीको उत्पादनमा कुनै असर नपार्ने अधिकारीहरुले बताएका छन् ।