प्रधानमन्त्रि केपी शर्मा ओलिले गरेको संसद विघटनको विरोधमा नेपाली कांग्रेुस तारकेश्वरले आज ११ वटै वडामा विरोध प्रर्दशन गरेको छ ।
संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेर नेपाली कांग्रेसले आज केन्द्रिय कार्यालयको निर्देशनमा सबै वडामा विरोध प्रर्दशन गरेको हो ।
विरोधसभामा सम्बोधन गर्दे तारकेश्वर नगरपालीका सभापति श्रीराम थापाले जनताले चुनेको प्रतिनिधिसभा एक व्यक्तिको सनकमा भंग हुन नसक्ने बताए । उनले प्रधानमन्त्रि केपी शर्मा ओलीलाई संविधानको कुनैपनि धारा र उपधाराले संसद विघटनको अधिकार नदिएको भन्दै ओली प्रतिगमन उन्मुख भएको आरोप लगाए ।
प्रदर्शनमा सामान्य रुपमा मात्र जनसहभागिता रहेको थियो । नेपाली कांग्रेसले संसद विघटनलाई संविधानमा भएको ब्यवस्था प्रतिकुल र जनभावना विपरीतको कार्य भनेको छ । विरोध प्रर्दशनमा केपी सरकार मुर्दावाद,भष्ट्राचारीलाई कारवाही गर लगायतका नारा लगाएका थिए ।