केपी ओलीको गलत प्रवृत्तिलाई तह लगाउन नसकेको भन्दै प्रचण्डले गरे आत्मालोचना

नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड केपी शर्मा ओलीको गलत प्रवृत्तिलाई तह लगाउन नसकेको भन्दै आत्मालोचना गरेका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध आफ्नो समूहले शुक्रबार काठमाडौंमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै प्रचण्डले आफूहरुले विभिन्‍न उपाय लगाउँदा पनि ओलीलाई सच्याउन नसकेको बताएका हुन् । ‘तीन वर्षमा केपी ओलीलाई तह लगाउन सकेनौं । हाम्रा पनि केही कमजोरी होलान्,’ उनले भने, ‘सम्झाइ, बुझाइ, फकाइ गरेँ, कतिपय उनका कुरा मान्दिएर पार्टी र देश बचाउन सकिन्छ कि भनेको सकिएन यो सभामा म आत्मआलोचना गर्न चाहन्छु ।’

सम्बोधनका क्रममा प्रचण्डले वाम गठबन्धनको घोषणाअनुसार काम गर्न नसकेको स्वीकार गरे । यद्यपि आफूहरुले घोषणापत्रमा भने जस्तो गर्न प्रयास भने गरेको दाबी गरे । उनले अघि भने, ‘केपी ओलीलाई मात्र दोष दिएर हामी चोखैं हुन्छौं भन्ने लागेको छैन । अब केपी प्रवृत्ति प्रति उदार भएर भित्रभित्र संघर्ष गर्ने र उनको प्रवृत्तिलाई काम गर्न दिने भुल गर्ने छैनौं । त्यसो गरेर फाइदा हुने रहेछ ।’

ओली प्रवृत्तिका कारण संघीय लोकतान्त्रिक गणतन्त्र खतरामा परेको उनको भनाइ थियो ।

Loading...
error: Content is protected !!