रुपन्देहीमा खानेपानी आयोजनाको पाइपको थुप्रोमा आगलागी

रुपन्देहीको तिलोत्तमा नगरपालिका – ४ सीमानगरमा निर्माणाधीन खानेपानी आयोजनाको पाइपको थुप्रोमा आगलागी भएको छ । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना अन्तर्गत निर्माणाधीन शंकरनगर खानेपानी तथा सरसफाइ संस्थाको ओभरहेड टंकी परिसरमा राखिएको पाइपको थुप्रोमा आगलागी भएको हो ।

शनिबार मध्यान्हमा सुरु भएको आगलागी बुटवल उपमहानगरपालिका, तिलोत्तमा र सिद्धार्थनगर नगरपालिकाका तीनवटा दमकलले आधा घण्टामा नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रतितसिंह राठौरले जानकारी दिए । लामो समयदेखि स्टोर गरेर राखिएको पाइपमा आगो लागेको उनले बताए । तर पाइपमा कसले र कसरी आगो लगायो भन्ने बारे जानकारी छैन । यसका बारेमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

आगलागीबाट भएको क्षतिको यकीन विवरण आउन बाँकी रहेको डीएसपी राठौरले बताए ।

Loading...
error: Content is protected !!