थप २ सय ३२ जनामा कोरोना संक्रमण, ३ सय ८६ जना निको

नेपालमा शनिबार थप २ सय ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको ३ हजार ५४१ वटा नमूनाको पीसीआर परिक्षणका क्रममा २ सय ३२ जनामा कोरोना संक्रमण देखिएको हो । स्वास्थ्य मन्त्रालयको आधिकारिक वेभसाइटमा राखिएको विवरण अनुसार यससँगै नेपालमा कोरोना संक्रमितहरुको कूल संख्या २ लाख ६९ हजार १८० पुगेको छ ।

यस्तै गएको २४ घण्टामा मृत्यु भएका ८ जनासहित नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ९४ पुगेको छ । त्यस्तै शनिबार थप ३८६ जना संक्रमित निको भएका छन् । योसँगै हालसम्म २ लाख ६३ हजार ७३४ जनाले कोरोनालाई जितेका छन् ।

मुलुकभर अहिले सक्रिय कोरोना संक्रमितको संख्या ३ हजार ४ सय ५२ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म २० लाख ३८ हजार ८४२ जनाको पीसीआर माध्यमबाट कोरोना परिक्षण गरिएको छ ।

Loading...
error: Content is protected !!