बाह्रै महिना च्याङ्ग्राका परिकार लागि उत्कृष्ट रोजाई बन्दै हिमाली च्याङ्ग्रा रेष्ट्रो !

नेपालीहरु खानपिनमा सौखिन हुँदै गइरहेका छन् । दिनहुँ नयाँ(नयाँ रेष्टुराँ चहार्दै फरक परिकारको स्वाद लिनमा आम मानिसहरु अभ्यस्त भैरहेका छन् ।
खानाका पारखीहरु नयाँ नयाँ स्वादको खोजिमा हुन्छन् । समयको व्यस्तताले आजित भएकाहरु नयाँ कुराको स्वाद लिन लालायित हुन्छन् । उनीहरुको लागि उचित गन्तव्य हुन सक्छ, काठमाडौंको समाखुशि चोकबाट रानिबारी जाने बाटोको चोकैमा अवस्थित हिमाली च्याङ्ग्रा रेष्ट्रो ।


अस्तव्यस्त जीवन शैली अपनाउनेहरुलाई स्वस्थ खाना पाउन झनै असहज भएको अवस्थामा तीन युवाहरुले स्वस्थ तथा फरक स्वाद पस्कन हिमाली च्याङ्ग्रा रेष्ट्रो सञ्चालनमा ल्याएका छन् ।काठमाडौंको समाखुशि चोकबाट रानिबारी जाने बाटोको चोकैमा अवस्थित हिमाली च्याङ्ग्रा रेष्टुरेन्टमा सुरुवाती दिनदेखि नै भिडभाड देखिन्छ ।

अधिकांश त्यहाँ आउने ग्राहकहरुले खानामा कुनैपनि प्रकारको असन्तुष्टि नराखेको रेष्टुरेन्टका सञ्चालक विनोद थापाले तारकेश्वर खबरलाई जानकारी गराए । ‘हामी अझै यो भन्दा मीठो खुवाउन मेहनत गरिरहेका छौँ, भविष्यको दिनमा अझै राम्रो बनाउदै लैजाने तयारीमा छौं ।’ थापाले भने ।मासुका परिकार खासगरी हिमाली जडीवुटी खाएर हुर्किएका स्वस्थ च्याङ्ग्राको मासु र तीनका परिकारको स्वाद लिनेहरुलाई सामाखुसीमा रहेको हिमाली च्याङ्ग्रा रेष्ट्रो नयाँ गन्तब्य हो ।
हिमाली च्याङ्ग्रा रेष्ट्रोमा लोकल च्याङ्ग्राको मासुका विभिन्न परिकारको स्वाद लिन सकिन्छ ।

‘हामी आफैं पनि विभिन्न पेशामा आबद्ध छौं, हरेक दिन बाहिर खानुपर्दा हामी आफैंले स्वस्थबद्र्धक खाना पाउन नसकेपछि किन आफैं रेष्टुरेण्ट सञ्चालनमा नल्याउने भनेर हिमाली च्याङ्ग्रा रेष्ट्रो खोलेका हौं ।’ सञ्चालक मध्येका विनोद थापाले भने ।

हाँसको स्पेशल छोयला हिमाली च्याङ्ग्रा रेष्ट्रोको अर्को विषेशता हो । हिमाली च्याङ्ग्रा र हाँसको छोयलाका अलावा ग्राहकले अर्डर अनुसार ममः चाउमिन तथा अन्य पेय पदार्थ समेत पाउन सक्छन् । सञ्चालकले आगामी दिनमा च्याङ्ग्रा रेष्ट्रोलाई राजधानीका विभिन्न स्थानमा समेत सञ्चालनमा ल्याउने योजना बनाएका छन् ।

हिमाली च्याङ्ग्रामा आउने अधिकांश ग्राहकहरुले खानाको परिकारहरु एकदमै मीठो र यहाँको सर्भिस समेत एकदमै राम्रो रहेको बताउछन् ।जिवनबाट फुर्सद निकालेर स्वस्थबद्र्धक हिमाली च्याङ्ग्राको मासुका पारखीका लागि हिमाली च्याङ्ग्रा रेष्ट्रो उचित गन्तब्य हो ।

Loading...
error: Content is protected !!