भीरबाट लडेर एक वडा सदस्यको मृत्यु

खोटाङ जिल्लाको साकेला गाउँपालिका–२ रतन्छा मबुका वडा सदस्य रत्नप्रसाद फुयाँलको भिरबाट लडेर मृत्यु भएको छ । रतन्छाबाट आफ्नो घर मबु जाने क्रममा स्थानीय वाकुर्तुम जङ्गलमा रहेको ठूलो भिरबाट लडेका वडासदस्य फुयाँलको घटनास्थलमै मृत्यु भएको हो ।

करीब ३०० मिटर तल खसेका वडासदस्य फुयाँलको घटनास्थलमै मृत्यु भएको रतन्छाका वडाध्यक्ष उन्नत राईले बताए । धामीझाँक्रीको कामसमेत गर्दै आएका सदस्य फुयाँल शनिबार साँझ धामी कामकै लागि मबु जानेक्रममा भिरबाट लडेको वडाध्यक्ष राईले जानकारी दिए । फुयाँल विसं २०७४ को स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा (माओवादी केन्द्र)बाट वडा सदस्यमा विजयी हुनुभएको थियो । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल ल्याइएको प्रहरीले जनाएको छ ।

Loading...
error: Content is protected !!