गोलढुंगामा निर्माणधिन सानो रंगशालाको काममा सरकारी निकायको बेवास्ताले मोटो रकम खर्चिएर पनि लथालिङ्ग जस्तै छ । ८ महिनाअघि देखी शुरु भएको रंगशाला निर्माणका लागी राज्यकोषको ५२ लाख बढि खर्च भईसकेपनि प्रगती शुन्य जस्तै छ । नियमित काम चलिरहेको भए हालसम्म सम्पन्न भईसक्नुपर्ने थियो । तर निमार्णमा भएको ढिलाइले आधा करोड बढि खर्चिएको रंगशाला खण्डहर जस्तै छ ।
स्थानीयले गाई चराउने र सवारी सिक्ने स्थान बनेपछि स्थानीय निर्मल दाहालले सरकार र स्थानीय निकायप्रति आक्रोश पोखेका छन । दाहाल भन्छन ः नगरपालिकाको राज्यकोषमाथीको यो लापरबाहीप्रति केन्द्रिय सरकार समेत उदासिन बन्नु दुःखद छ । तर तारकेश्वर नगरपालिकाको वडा नः ५ मा पर्ने उक्त स्थानमा निर्माणधिन रंगशालाबारे स्थानीय वडाअध्यक्षको भनाई भने भिन्न छ । नगरपालिकाले निर्माणको जिम्मा स्थानीय खेलकुद समुहलाई दिएको थियोे । तर, सरकारले बजेट निकासामा ढिलाई गरेकाले काम अपेक्षित रुपमा अघि नबढेको वडाअध्यक्ष बासु गौतम बताउछन ।
नेपाल सरकारको हरेक स्थानीय तहमा एउटा रंगशाला बनाउने योजना अनुसार केन्द्रिय सरकारबाट प्राप्त ४० लाख र नगरपालिकाको १२ लाख बजेटबाट गोलढुंगामा सानो रंगशाला निर्माणको काम शुरु भएको थियो ।