नेकपाका दुवै समूहलाई मान्यता नदिने निर्वाचन आयोगको निर्णय
निर्वाचन आयोगले भन्यो नेकपा फुट्नै मिल्दैन
निर्वाचन आयोगले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुबै समूहले गरेको छुट्टाछुट्टै निर्णयलाई मान्यता नदिने भएको छ ।
आइतबार बसेको आयोगको बैठकले दल विभाजनका लागी दुवै समूहले गरेको दाबी अनुसारको प्रमाण नपुग्ने भएकाले दुवै समयका निर्णयलाई मान्यता नदिने निर्णय गरेको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिएका छन् । श्रेष्ठले पार्टीभित्र विवाद भएपछि आयोगमा पुगेका ‘दुवै पक्षको मागदाबी अनुसार अभिलेखमा संसोधन, परिवर्तन वा हेरफेर हुन सक्ने देखिएन । यस आधारमा नेपाल कम्युनिष्ट पार्टी नेकपाको आयोगमा साविककै विवरण कायम रहेको जानकारी दुवै पक्षलाई दिने निर्णय भएको छ ।
प्रचण्ड-माधव समूहले केपी शर्मा ओलीलाई पार्टी अध्यक्षबाट हटाएर माधवकुमार नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको जानकारी निर्वाचन आयोगलाई दिएको थियो भने ओली समूहले बिधान संशोधन भन्दै केन्द्रीय सदस्य थप गरेको जानकारी आयोगलाई गराएको थियो ।
यसअघि निर्वाचन आयोगले नेकपाका दुबै समूहलाई आफ्नो दाबी सच्याएर प्रस्तुत गर्न सात दिने म्यादसहित पत्राचार गरेको थियो । अब निर्वाचन आयोगको यो निर्णय चित्त नबुझ्ने पक्ष अदालत जान सक्नेछ ।