समाजिक सुरक्षा सम्बन्धी २ दिने अभिमुखीकरण तथा प्रशिक्षण तालिम सम्पन्न

तारकेश्वर नगरपालिकाको आयोजनामा दुई दिने पंजीकरण तथा समाजिक सुरक्षा र (MIS) सम्बन्धी २ दिने अभिमुखीकरण तथा प्रशिक्षण तालिम काठमाडौँ रिभर साइड रिसोर्ट समादलमा सम्पन्न भएको छ ।

उक्त तालिममा प्रशिक्षण का लागि मोटिभेसनल इस्पिकर विदुर फुयाल, राष्ट्रिय पूर्ण निर्माण प्राधिकरण प्रमुख लेखा नियन्त्रक दीपक लामिछाने ,राष्ट्रीय परिचय पत्र ताथा पञ्जिकरण विभागका शाखा अधिकृत कुलसेखर अर्याल ,सोही विभागका सूचना प्रविधि अधिकृत राजेन्द्र बुढाथोकी लगायतको सहभागिता थियो ।

तारकेश्वर नगरपालिकाको सम्पूर्ण वडाका वडा सचिव वडा सहायक लगायत तारकेश्वर नगरपालिका कर्मचारीको सहभागिता रहेको थीयो । उक्त तालिममा तारकेश्वर नगरपालिका प्रमुख प्रशासकिय अधिकृत र तारकेश्वर नगरपालिकाका नगर उप प्रमुख भवानी डोटेल धिताल ले मन्तब्य राखेका थिए ।सामाीजक सुरक्षा एबम व्यक्तिगत घटना दर्ता प्रणाली लाई सुव्यवस्थित एबम् प्रभावकारी बनाउने साथै कर्मचारी हरुको क्षमत अभिवृद्धि गरी सार्वजनिक सेवा प्रवाह लाई जनमुखी र जनउत्तरदायी बनाउने उदेश्य ले सो तालीम आयोजना गरिएको आयोजक संस्था ले बताएको छ ।

Loading...
error: Content is protected !!