नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा विघटनविरुद्ध थप आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा माघ १९ भ्रातृ संस्था, २४ शुभेच्छुक र ३० गते सबै जिल्लामा प्रदर्शन गर्ने निर्णय गरेको हो ।
दिउँसो १ बजे बोलाइएको बैठक आन्दोलनकै विषयमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच कुरा नमिल्दा ढिला सुरु भएको थियो । अन्ततः आन्दोलन कार्यक्रमबारे दुई नेताबीच सहमति भएपछि बैठक बस्यो । दुई नेताको सहमतिलाई अनुमोदन गर्दै बैठक सकिएको छ ।
यसअघि काँग्रेसले पुस १३ गते प्रतिनिधि निर्वाचन क्षेत्र, पुस २५ मा प्रदेश निर्वाचन क्षेत्र, माघ ३ गते पालिका स्तरी र माघ ८ गते वडा स्तरीय विरोध प्रदर्शन गरिसकेको छ ।