बालाजु बाईसधारा यातायात प्रालीले नयाँ रुटमा थप बस सेवा संचालनमा ल्याएको छ । संचालीत बस सेवा तारकेश्वरको थापागाउ बाट सुरु भएर माच्छापोखरी, लैनचौर, टिचिङ, रत्नपार्क हुदै एन. ए. सी पुग्नेछ ।
फर्किदा पुन सोही रुटमा र अर्को बालाजु, नेपालटार हुदै फर्कीने ब्यवस्था मिलाइएको बालाजु बाईसधारा यातायात प्रालिका अध्यक्ष प्रेम बहादुर शाहीले तारकेश्वर खबरलाई जानकारी दिए ।
नयाँ रुटमा सेवा बिस्तार संगै तारकेश्वरका माथिल्लो क्षत्रकम जनताको यातायातको पहुँचमा समेत सहज भएको स्थानीय बासिन्धाले बताएका छन् ।