काठमाडौँको मनमैजुबाट चोरीको मोटरसाइकलसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोट सुर्यगढी गाउँपालिका ४ घर भई हाल तारकेश्वर नगरपालिका-८ जरंखु बस्ने ३३ वर्षीय बिष्णु तामाङ छन् ।
महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईका अनुसार सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले मनमैजुबाट बास्तविक नम्वर प्लेट परिवर्तन गरेर प्रदेश ३-०२-००८ प ७८७२ नम्बरको कालो रंङ्गको २२० सी।सी।को पल्सर मोटरसाईकल चलाइरहेको अवस्थामा उनलाई पक्राउ गरीएको हो ।
उनका अनुसार अनुसन्धानको क्रममा उक्त मोटरसाईकलको वास्तविक नं प्रदेश ३९०२९०१२ प ६८३६ खुल्न आएको छ ।महाशाखाले उक्त मोटरसाईकलसहित चोरीमा संलग्न व्यक्तिलाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त महाराजगञ्ज पठाएको जनक भट्टराईले तारकेश्वर खबरलई बताए ।