तारकेश्वरमा देखियो वर्डफ्लु २५ सय बढी घरपालुवा पन्छी नष्ट

काठमाडौंको तारकेश्वरमा वर्डफ्लु फेला परेको छ । तारकेश्वर नगरपालिका वडा नं. ७ साङ्लेखोला, फुटुङका स्थानीय किसानले पालेका टर्की, हाँसमा बर्डफ्लु पुष्टि भएको पशु सेवा विभागले जनाएको छ ।

त्यहाँ टर्की र कुखुरा मरेपछि ल्याइएको नमूना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा रियल टाइम पीसीआर विधिबाट परीक्षण गर्दा शुक्रबार बर्ड फ्लु रोग पुष्टि भएको विभागले जनाएको छ । यस क्रममा १ हजार ८६५ हाँस, ६२२ बट्टाई, ३२ कुखुरा, २५ टर्की, ५४२ अण्डा र ७५ केजी दाना नष्ट गरिएको छ । रोग देखा परेको क्षेत्रलाई पूर्ण निःसंक्रमण समेत गरिएको विभागले जनाएको छ ।

साथै रोग पुष्टि भएको क्षेत्रबाट रोग अन्यत्र फैलन नदिन संघ, प्रदेश तथा स्थानीय तहका पशु सेवासँग सम्बन्धित निकायहरूलाई परिचालन गरी रोग देखिएको क्षेत्रमा रहेका करिब साढे २५ सय बढी घरपालुवा पन्छी तथा रोग सार्न सक्ने अन्य वस्तु समेत नष्ट गरिसकिएको विभागले जनाएको छ । रोग नियन्त्रणमा सघाउन विभागले पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपोसार गर्दा स्वास्थ्य परिक्षण गर्न, फार्म परिसरमा जैविक सुरक्षाका विधि अवलम्वन गर्न, व्यक्तिगत सरसफाइमा ध्यान दिन समेत आग्रह गरेको छ ।

Loading...
error: Content is protected !!