निर्वाचन आयोगमा आधिकारीकता दावी गर्दै निवेदन दिने प्रचण्ड माधव समूहको निर्णय
आयोगले भनेकै ढाँचामा बैठक र निर्णय गरेको जिकीर
विभाजित नेपाल कम्युनिष्ट पार्टी नेकपा (प्रचण्ड–माधव समूह)ले निर्वाचन आयोगमा आयोगले भनेकै ढाँचामा आधिकारीकता दावी गर्ने निर्णय गरेको छ । बबरमहलमा सोमबार बसेको केन्द्रिय कमिटी बैठकले दलको आधिकारीकताका सम्बन्धमा आयोगले पठाएको पत्रको जवाफ दिंदै आधिकारीकता दावी गर्न जाने निर्णय गरेको हो । पार्टीको विधान अनुसार पार्टीको बैठक गरेर पदाधिकारी हेरफेरसम्बन्धी निर्णय गरेको आधिकारीकता दावी गर्ने गरी सो समूहले २५ प्रतिशत केन्द्रिय सदस्यको आग्रहमा बैठक बसेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । बैठकमा दुई तिहाईभन्दा बढी सदस्य उपस्थित भएको उनको दावी छ ।
बैठकले केपी ओलीलाई साधारण सदस्यबाटै र विष्णु पौडेललाई महासचिवबाट हटाउने स्थायी कमिटी बैठकको निर्णय अनुमोदन गरेको छ ।