नेपाली सेना भोली पनि सडकमा निस्किने भएको छ । माघ १९ को राति बख्तरबन्ध गाडीले चक्रपथ परिक्रमा गरेको नेपाली सेनाले बुधबार पनि देशका विभिन्न स्थानमा बख्तरबन्ध गाडीको अभ्यास गर्ने भएको हो । बुधबार काठमाडौंदेखि काभ्रेको पाँचखालसम्म बख्तरबन्द गाडीको अभ्यास हुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । सेनाको युद्ध कवच गणको अगुवाइमा यो अभ्यास गर्न लागिएको सैनिक प्रवक्ताको भनाई छ ।
देशभर रहेका ८ वटा पृतना अन्तर्गतका मेकनाइज्ड युनिटहरूबाट माघ २१ गते देशका विभिन्न स्थानहरुमा बख्तरबन्द गाडीहरुको अभ्यास गरिने सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेले बताए ।
सेनाको युद्ध कवच गणको अगुवाइमा यो अभ्यास गर्न लागिएको हो । यसलाई ‘लङ्ग रोड रनिङ’ भनेको छ । यो पूर्णतया अभ्यास मात्रै भएको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाका प्रवक्ता पौडेलले भने यसलाई नियमित अभ्यास भएको बताए पनि कतिपयले भने प्रतिनिधिसभा विघटनसँगै राजनीतिक अवस्था तरल रहेको बेला सेनाले बख्तरबन्ध गाडीको अभ्यास गर्नु अर्थपूर्ण हेरिएको दिईरहेका छन् ।