अख्तियार र मानव अधिकार आयोगसहितका पदाधिकारीहरुबाट शपथ ग्रहण
शीतल निवासमा प्रधान न्यायाधीशले गराए शपथ
विभिन्न संवैधानिक निकायहरुमा नियुक्त प्रमुख तथा सदस्यहरुले शपथ ग्रहण गरेका छन् ।
राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित कार्यक्रमका बीच प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले संवैधानिक निकायका प्रमुखहरुलाई शपथ ग्रहण गराएका हुन्।
जबराले आयोगका प्रमुख र अध्यक्षमा सिफारिस भएकाहरूलाई शपथ दिलाएका हुन् भने सदस्यहरुलाई सम्बन्धित आयोगका अध्यक्षहरुले शपथ ग्रहण गराएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राई र मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरसहितका पदाधिकारीहरुले राष्ट्रपति भवन शीतल निवासमा शपथ ग्रहण गरेका हुन् । गत मंसिर ३० गतेको संवैधानिक परिषद बैठकले अख्तियार र मानवअधिकारसहित विभिन्न संवैधानिक निकाय र आयोगहरुमा नियुक्तिका लागि ४५ जनाको नाम सिफारिश गरेको थियो।
सरकारले पुस ५ गते प्रतिनिधिसभा भंग गरेका कारण उनीहरुले संसदीय सुनुवाइको सामना गर्नु परेन । संघीय सांसदको कार्य संचालन नियमावली २०७५ अनुसार संवैधानिक परिषदबाट सिफारिश भएकाहरुलाई ४५ दिनसम्म संसदीय सुनुवाइ नभएमा स्वतः नियुक्ति मानिने व्यवस्था छ ।