तारकेश्वरमा निशुल्क कौशी खेती तालिम हुने

तारकेश्वर नगरपालिकाको कृषि शाखाको आयोजनामा वडा नं ९ मा निशुल्क कौशी खेती तालिम हुने भएको छ।

उक्त तालिम तारकेश्वर नगरपालिका वडा नं ९ मा माघ २८ गते बुधबार सञ्चालन हुने भएको हो। गत शनिबार वडाले एउटा सुचना प्रकाशित गर्दै १ दिने निशुल्क कौशी खेती बिषयक तालिममा सहभागी हुन इच्छुक सबै लाई वडा कार्यालयमा सम्पर्क गर्न सकिने बताएको छ।
तारकेश्वर नगरपालिकाले विभिन्न समयमा फरक फरक शिर्षकमा नगरवासीलाई तालिम दिँदै आएको छ।

Loading...
error: Content is protected !!