ललिता निवास प्रकरणका मुख्य अभियुक्त ढकाललाई थुनामा पठाउने आदेश

बालुवाटारको ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको घटनाका मुख्य अभियुक्त डा. शोभाकान्त ढकाललाई विशेष अदालतले थुनामा पठाएको छ ।

बुधबार न्यायाधीशहहरु अब्दुल अजिज मुसलमान, बालेन्द्र रुपाखेती र चन्द्रबहादुर सारूको संयुक्त इजलासले ढकाललाई थुनामा पठाउने आदेश दिएको हो । बालुवाटारस्थित ललिता निवासको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाई भ्रष्टाचार गरेको आरोपका मुख्य अभियुक्त मानिएका शोभाकान्त ढकाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले जानकारी दिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ढकालविरूद्ध ३९ करोड २८ लाख बिगो मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

ललिता निवास जग्गा प्रकरणमै ढकालकी पत्नी उमाकुमारी विशेष अदालतबाट धरौटीमा रिहा भएकी छन् । उनीसँग अख्तियारले ९१ लाख भन्दा बढी बिगो मागदाबी गरेको छ । यसअघि यही मुद्दामा जोडिएका अख्तियारका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलाई पनि पुर्पक्षका लागि थुनामा पठाउने आदेश विशेषले गरेको थियो ।

Loading...
error: Content is protected !!