एनपी साउद सहभागी कार्यक्रममा झडप

६ जना घाइते

बैतडीको डिलासैनी गाउँपालिकामा नेपाली कांग्रेसका नेता एपी साउद र डिला संग्रौला सहभागी विरोध सभामा झडप भएको छ । डिलासैनी गाउँपालिका ३ को पङसेरा भन्ने गाउँमा नेकपा र कांग्रेसका कार्यकर्ताबीच झडप भएको हो । झडपमा ६ जना घाइते भएका छन् । पङसेरामा मंगलबार नेपाली कांग्रेसको विरोधसभा थियो ।

विरोधसभामा कांग्रेस नेता, एनपी साउद, डिला सङ्ग्रौला र नैनसिंह महरलगायतको सहभागिता थियो । सभा सुरु भएपछि, नेकपाका कार्यकर्ताले ढुङ्गामुढा प्रहार गरेपछि झडप भएको नेपाली कांग्रेस डिलासैनी गाउँपालिका कार्यसमितिका सचिव वीरबहादुर बिष्टले बताए ।सभा बिथोल्ने नियतले नेकपाका कार्यकर्ताले ढुङ्गा प्रहार गरेपछि दोहोरो झडप भएको सभामा सहभागि प्रेस युनीयनका कैलालीका अध्यक्ष श्रवण देउवाले बताए ।
नेपाली कांग्रेसले नेकपा ओली समूहका नेता सुरेन्द्र पालका छोराको नेतृत्वमा गएको समूहले सभा चलिरहेका बेला आक्रमण गरेको आरोप लगाएको छ । नेकपा ओली समूहका बैतडी जिल्ला संयोजक सुरेन्द्र पालले भने आफूलाई घटनाबारे जानकारी नभएको बताए ।कांग्रेसका कार्यकर्ताले, केही नेकपाका व्यक्ति कांग्रेस प्रवेश गरेको र उनीहरुको सभामा सम्बोधन हुने थाहा पाएपछि ढुंगामुढा गरिएको आरोप लगाएका छन् ।

Loading...
error: Content is protected !!