केपी समूहमै फर्किए शेरबहादुर तामाङ र उषाकला राई

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताद्धय शेरबहादुर तामाङ र उषाकला रार्इ मुलधारको नेकपा (ओली समूह)मा फर्किएका छन ।

प्रचण्ड–माधव समूहमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेताका रुपमा स्वीकार गर्न नसकिने भन्दै तामाङ र राइ पुनः मुलधारको नेकपामा फर्किएको बताएका छन् ।

राइ आज शनिबारको विराटनगरको सभामा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपामा क्रियाशिल हुने घोषणा गर्ने तयारीमा छिन् ।

उनीहरू यसअघि पनि पार्टी विभाजन लगत्तै ओली समूहमै रहेका थिए तर पछि प्रचण्ड–माधव समूहको दबाब र कार्यकर्ताको अनुरोधमा अर्को समूहका लागेका थिए । तर प्रचण्डलाई नेता मान्न नसकिने निष्कर्षसहित उनीहरु पुनः ओली समहू (मुलधार) मा फर्किएका हुन् ।

Loading...
error: Content is protected !!