प्रधानमन्त्री केपी शर्मा ओलीलाई विराटनगरमा नेकपा (प्रचण्ड–माधव) समूहका विद्यार्थी तथा कार्यकर्ताले कालो झण्डा देखाएका छन्। विद्यार्थी र कार्यकर्ताहरूले विराटनगर विमानस्थलबाट कार्यक्रम स्थल जाने क्रममा एयरपोर्ट मोडमा प्रधानमन्त्रीलाई कालो झण्डा देखाएका हुन्।
कालो झण्डा देखाएपछि युवा तथा विद्यार्थीलाई प्रहरीले धरपकड तथा दमन गरेको भन्दै नाराबाजी गरेका छन्।
ओली समूहले मोरङ, सुनसरी, झापा, धनकुटा, भोजपुर, इलाम र उदयपुरबाट बढी मानिस उतारेको छ। आमसभालाई प्रधानमन्त्री केपी शर्मा ओलीसहित गृहमन्त्री रामबहादुर थापा, नेता सुवास नेम्वाङ, प्रदेशका मुख्यमन्त्री शेरधन राईलगायतले पनि सम्बोधन गर्दैछन्।