प्रदेशसभा बैठकमा मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव पेश

मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पेश भएर प्रदेश नंं १ को प्रदेशसभा बैठक स्थगित भएको छ । बैठक निर्धारित समयभन्दा झण्डै २ घण्टापछि शुरु भएको थियो ।

सभामुख प्रदीपकुमार भण्डारीले सांसद इन्द्र बहादुर आङ्वोलाई अविश्वासको प्रस्ताव पेश गर्न भनेका थिए । प्रस्ताव पेश भएपछि सभामुख भण्डारीले फागुन २० गते बिहीबारसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएका छन् ।

नेपालको संविधानको धारा १८८ (४) तथा प्रदेशसभा नियमावली २०७४ को १२९ (१) बमोजिम मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव पेश भएको हो । राईविरुद्ध प्रचण्ड–माधव समूहले १२ पुसमा अविश्वासको प्रस्ताव दर्ता गरेको थियो ।

Loading...
error: Content is protected !!