जावलाखेलमा ट्राफिक चेकिङलाई छल्न खोज्दा स्कुटरमा सवार महिलाको मृत्यु

ललितपुरको जावलाखेल चोकमा ट्राफिक चेकिङलाई छल्न खोज्दा स्कुटरमा सवार महिलाको मृत्यु भएको छ । सोमबार दिउँसो साढे १ बजे बा २ ख ३५७४ नम्बरको बसले प्र ३ – ०२-०१० प ५५८९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार अन्दाजी ३४ वर्षीया महिलाको मृत्यु भएको हो ।

गम्भिर घाइते उनको अल्का अस्पतालमा उपचारको क्रममा मृत्यु भएको परिसरकी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) किरण बज्राचार्यले जानकारी दिइन् । दुर्घटना हुनेबेलामा जावलाखेलमा ट्राफिक प्रहरीले चेकिङ गरिरहेको र चेकिङबाट भाग्न खोज्दा भैंसीपाटी जाँदै गरेको बसले उनलाई ठक्कर दिएको महानगरीय प्रहरी परिसर, ललितपुरका प्रहरी उपरीक्षक (एसपी) प्रज्वल महर्जनले जानकारी दिए ।

बस चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

Loading...
error: Content is protected !!