बच्चालाई चिसोबाट यसरी जोगाउनुहोस्

अहिले देशभर नै चिसो बढेको छ । चिसोले सबैलाई प्रभावित पार्ने भएपनि विशेषतः बालबच्चा तथा वृद्धवृद्धालाई बढि जोखिम हुन्छ। जाडो सुरु भएसँगै धेरै बालबालिका बिरामी हुने गर्दछन् भने तराई–मधेश तिर वृद्धवृद्धालाई जिउन गाह्रो हुन्छ। जाडोमा राम्रोसँग हेरविचार नपु¥याउँदा धेरै बालबालिका बिरामी हुने गरेका छन् ।

चिकित्सकहरुका अनुसार जाडो मौसममा बालबालिकाहरुको रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ भने रुघाखोकी, श्वास प्रश्वासको समस्या, निमोनिया हुने सम्भावना बढि हुने गर्दछ ।

यस्तो समस्या देखिँदा औषधिले रोगसँग लड्न सक्ने क्षमता घट्दै जाने हुँदा सकेसम्म घरेलु उपचारविधि अपनाउँदा राम्रो हुन्छ । घरेलु उपचारका लागि नुनपानी, बेसारमा तुलसी पत्ताको पकाएर खुवाउने, तातोपानीमा मह, अदुवा पकाएर खुवाउन सकिन्छ । बच्चालाई चिसोबाट जोगाउन बिहान उठ्नासाथ अदुवा, मरिच, ल्वाङ, सुकुमेल राखेर कालो चिया खुवाउनुपर्छ। सुत्ने बेलामा तातो दूधमा बेसार हालेर दिनुपर्छ र तातोपानीमा मह मिसाएर खुवाउँदा पनि चिसोबाट बचाउन सकिन्छ ।

घाम लागेको बेलामा सबै कपडा खोलेर तोरीको तेलले मालिस गर्दा चिसो लाग्ने सम्भावना कम हुन्छ। घाममा राखेर तेल लगाउनु भनेको चिसोबाट जोगाउने सबैभन्दा ठूलो औषधि हो । चिसो मौसममा दिनभरिको घाममा राख्न बच्चालाई धेरै फाइदा हुन्छ । राति सुत्ने समयमा तातो दूध खुवाउने हो भने रातभरको चिसोबाट बालबालिकालाई जोगाउन सकिन्छ । राति सुत्दा ओढाएको कपडा बालबालिकाले फाल्ने हुँदा मोजा, पन्जा, टोपी, थर्मकोट लगाएर सुताउँदा राम्रो हुन्छ । बालबालिकालाई घाँटीमा डोरी बाँध्ने टोपी लगाएर सुताउँदा श्वासप्रश्वासमा गाह्रो हुने हुँदा यस्तो टोपी सकेसम्म नलाउँदा नै राम्रो हुन्छ ।

Loading...
error: Content is protected !!