तारकेश्वरमा फेरि देखियो बर्ड फ्लु

८ हजार हाँस र कुुखुरा नष्ट

काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं १ साङ्लेखोला र फुटुङका किसानले पालेका टर्की र हाँसमा बर्ड फ्लु रोग पुष्टि भएको एक साता नबित्दै पुन बर्ड फ्लु पुष्टि भएको छ ।

केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा रियल टाइप पीसीआर विधिबाट परीक्षण गर्दा बर्ड फ्लु पुष्टि भएपछि त्यस क्षेत्रमा आज ८ हजार हाँस र कुुखुरा नष्ट गरिएको साङ्गला प्रहरी प्रमुख जाली नारायण श्रेष्ठले जानकारी दिए ।

स्थानिय कमल गौतमले पालेका कुखुरामा बर्ड फ्लु पुष्टि भएको हो ।

पशु सेवा विभागका अनुसार हाँस र कुखुराको नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा रियल टाइम पीसीआर विधिबाट परीक्षण गरिएको थियो । परीक्षणको क्रममा बर्ड फ्लु प्रमाणित भएको हो । रोग अन्यत्र फैलिन नदिई र तत्काल नियन्त्रणमा लिन संघ, प्रदेश तथा स्थानीय तहका पशु सेवासँग सम्बन्धित निकाय परिचालन गरिएको छ ।

रोग देखिएको क्षेत्रमा रहेका सम्पूर्ण घरपालुवा पन्छी तथा रोग सार्न सक्ने अन्य वस्तुसमेत नष्ट गरिएको विभागले बताएको छ ।

नेपालमा २०६० सालमा झापाबाट बर्ड फ्लु सुरु भएको हो । दुई वर्षअघि विराटनगर र रसुवामा करिब २२ हजार कुखुरा नष्ट गरिएको थियो । अहिले फेरि देखिन थालेको छ । अहिले देखिएको बर्ड फ्लु तुलनात्मक रूपमा कमजोर अनुमान गरिएको छ । यही रोगकै कारण सर्वसाधारणमा कुनै असर नदेखिएको बताइएको छ ।

Loading...
error: Content is protected !!