काठमाडौको तारकेश्वर नगरपालिका अन्तर्गत फुटुङ्गमा पहिरो गएको सुख्खा पहिरोबाट भाग्यले १३ मजदुर बाँच्न सफल भएका छन ।
दिउँसो करिब २ बजेको समयमा बाटो छेऊमा गएको डरलाग्दो पहिरोमा १३ मजदुर दैनिक काम गरिरहेका थिए । शनिबार भने उनिहरुको छुट्टीको दिन भएकाले पहिरोमा परेर ज्यान जानबाट जोगिएका हुन ।
पहिरो रोकथामका लागि वाल लगाउने काम अघि बढिरहेको अवस्थामा सुख्खा पहिरो गएर अहिले बाटो अवरुद्ध भएको छ।
पहिरोले बाटो रोकिएपछि रत्नपार्क हुदै फुटुङ्ग, साङ्ग्ला चल्ने सवारीसाधन चल्न नसक्दा यात्रुहरु मर्कामा परेका छन । स्थानीय नगरपालिका र वडाले तत्काल समन्वय गरेर बाटो नियमित गर्नतर्फ नसोच्ने हो भने उक्त भेगमा धेरै बासिन्दाले समस्या भोग्नुपर्ने अवस्था छ ।