ललितपुरको नख्खुमा जीपको ठक्करबाट कलेज हिँडेकी छात्राको मृत्यु

ललितपुरको नख्खुदोबाटोमा जिपको ठक्करबाट कलेज हिँडेकी छात्राको मृत्यु भएको छ । आज बिहान सवा ५ बजे बाटो पार गर्दै गरेकी सिन्धुपाल्चोक घर भइ ललितपुरको बागडोल बस्ने १९ वर्षकी अञ्जु दाहाललाई स १ ज ५६७ नम्बरको बोलेरो जिपले ठक्कर दिएको थियो ।

गम्भीर घाइते दाहालको उपचारका क्रममा ६ बजे पाटन अस्पतालमा मृत्यु भएको हो । प्रहरीका अनुसार दाहाल कोटेश्वर मल्टिपल क्याम्पसमा अध्ययनरत थिइन् ।

जिपसहित चालकलाई ललितपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।

Loading...
error: Content is protected !!