तारकेश्वर नगरपालिकाको चरम लापरवाही: बाटो पिच गर्न खर्चीएको ५० लाख बजेट स्वाहा
इन्जिनियर पनी संकाको घेरामा
तारकेश्वरको साङला स्थित विहानीचोक क्षेत्रको पक्की सडक बाटो पिच गर्ने ५० लाख बजेट विनियोजनमा बोलपत्र आह्वान गर्दा ठेकेदार कम्पनीले २९ लाख बजेटमा सम्पन्न गरेको पिच डेढ महिनामै भत्किँएको छ ।
ठेकेदार स्पिड बिल्डर्स प्रा लि लगायत इन्जिनियर र नगरपालिकाको समेत चरम लापरवाहीमा गुणस्तर हिन काम भएको पाइएको हो ।
तत्कालीन समयमा पिचँ गर्दा न्युनतम मापदण्ड पूरा नगरी माटोमै पिचँ हालिएको पाइएको थियो । सडकको कुनामा लगाईएको मेसिनरी वाल गुणस्तरीय नभएको भन्दै वडाध्यक्ष विदुर सापकोटाले भत्काएर फेरि निर्माण गर्न दिएको निर्देशनको अटेर गरेका थिए । ठेकेदार र ईन्जीनियरले जनताबाट निर्वाचित वडा अध्यक्षलाई नटेरेपछि वडा अध्यक्ष सापकोटाकै अगुवाइमा वडाको आन्तरीक श्रोतबाट करिव दुई लाख रुपैया खर्चगरी वालको पूर्णनिमार्ण गरीएको बताइएको छ ।वडा नं १ भित्र सम्पूर्ण प्राबिधिक काम हेर्न जिम्मा पाएका बासुदेव अधिकारी समेतलाई बायस गरि नगरपालीकाबाटै सम्पूर्ण बिल भरपाई र प्राबिधिक ईष्टमेट पास गरेको पाइएको छ ।
चरम लापरवाही गरेर गरेको कामलाई नगरपालिकाका इन्जिनियर हरेराम प्याकुरेलले पास गर्नुलाई पनि संकास्पद रुपमा हेरिएको छ ।
यसै बिच वडा अध्यक्ष बिदुर सापकोटाले स्पिड बिल्डर्स प्रा लि कम्पनीलाई बोलाएर पुनः गुणस्तरीय सडक मर्मत गर्न नगरपालिकालाई पत्राचार गरिसकेको बताए ।