नेपाली कांग्रेसको वहुमत पक्ष प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नेमा देखिएपछि आज बस्ने पदाधिकारी बैठकले यसको निर्णय लिने तयारी छ । प्रचण्ड माधव समूहको तयारीमा साथ दिने वा नदिनेमा पार्टीभित्र जारी विवादमा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने पक्षमा वहुमत देखिएपछि आज यसको टुंगो लगाउन दिउँसो देउवा निवासमा पदाधिकारी बैठक बस्ने भएको छ ।
बैठकले अविश्वासको प्रस्ताव दर्ता गर्ने विषयमा निर्णय गर्ने नेपाली काँग्रेसका एक नेताले बताएका छन । पदाधिकारी बैठकको निर्णयपछि भोली काँग्रेस संसदीय दलको बैठक बस्ने तयारी छ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड माधव पक्षसँग मिलेर प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने देउवालाई प्रधानमन्त्री बनाउने विषयमा काँग्रेस सभापति देउवा र नेकपा प्रचण्ड माधव समूहबीच सोमबार साँझ सहमति भइसकेको छ । यसलाई औपचारिकता दिनका आज पदाधिकारी बैठक बस्ने लागेको स्रोतको दाबी छ ।