नेकपा नाम कस्को ? सर्वोच्चले आज फैसला दिँदै

सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० नाम विवादमा आज आइतवार फैसला गर्ने भएको छ । सत्तारुढ दल नेकपाभित्र दलको आधिकारिकता विवाद चरम अवस्थामा पुगेका बेला सर्वोच्चले नेकपा नाम विवादमा फैसला सुनाउन लागेको हो ।

न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले फागुन २० गते निर्णय सुनाउने मिति तोके पनि अदालत बिदा भएपछि फैसलाको मिति पर सरेको थियो ।

निर्वाचन आयोगले आफूले दर्ता गरेको नेकपा अरुलाई दिएको भन्दै ऋषि कट्टेलले २०७५ मंसिर २१ गते सर्वोच्चमा मुद्दा दायर गरेका थिए । तत्कालीन नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र० बीच एकीकरण भएर नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० बनेपछि कट्टेल अध्यक्ष रहेको नेकपाले विरोध जनाएको थियो ।

Loading...
error: Content is protected !!