दोस्रो चरणको कोरोना खोप अभियान शुरु, तारकेश्वरमा कहाँ लगाइदैछ हेर्नुहोस

कोभिड–१९ रोग विरुद्ध दोस्रो चरणको खोप कार्यक्रम आइतबारबाट शुरू भएको छ । दोस्रो प्राथमिकतामा परेका व्यक्तिहरुलाई चरणबद्ध खोप लगाउने योजनाअनुसार ६५ बर्ष उमेर समूहमाथिका नागरिकलाई खोप दिन थालिएको छ ।

यसैबिच तारकेश्वर नगरपालिकामा पनि आज बाट दोस्रो चरणको कोरोना भाईरस कोभिड१९ विरुद्धको खोप अभियान सुरु भएको छ । खोप अभियान तारकेश्वर नगरपालिकाको वडा नं ६ को धर्मस्थली स्वास्थ्य चौकी र वडा नं ८ को वडा कार्यालयबाट खोप सेवा सन्चालन भएको छ।

पहिलो चरणमा स्वास्थ्यकर्मी तथा महिला स्वयंसेविका जनप्रतिनिधि लगायतले प्रहरी अस्पताल महाराजगन्ज र शिक्षण अस्पताल महाराजगन्जबाट कोभिड विरुद्धको खोप लगाएका थिए । पहिलो चरणमा शिक्षण अस्पताल महाराजगन्जबाट १४९ जनाले कोभिड विरुद्धको खोप लगाएका थिए ।

Loading...
error: Content is protected !!