प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठक बस्दै

सर्वोच्च अदालतको फैसलापछि राजनीतिक संकट गहिरिएको बेला नेकपाको प्रचण्ड माधव समूहको स्थायी कमिटि बैठक आज बस्दैछ ।

विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न आज दिउँसो ११ बजे स्थायी कमिटिको बैठक डाकिएको पार्टी प्रवक्ता नारयणकाजी श्रेष्ठले जानकारी दिए । आजको बैठकपछि भावी रणनीति तय गरिने श्रेष्ठको भनाई छ ।

सर्वोच्च अदालतले आइतबार नेपाल कम्युनिष्ट पार्टीको आधिकारिकता ऋषि कट्टेल नेतृत्वको नेकपालाई दिएपछि सत्ताधारी नेकपाको एकीकरण संकटमा परेको छ । साविककै एमाले र माओवादी केन्द्र ब्युँतिने फैसला अदालतको छ ।

Loading...
error: Content is protected !!