उपचाररत बिरामीको मृत्यु भएपछि ह्याम्स अस्पतालमा तनाब

अस्पतालको लापरबाहीले मृत्यु भएको आरोप

ह्याम्स अस्पतालको लापरवाहीले उपचारका लागी गएका बिरामीको मृत्यु भएको आरोप लागेको छ । आईतबारदेखी मृतकका आफन्तले अस्पतालकै कारण मृत्यु भएको भन्दै शव बुझेका छैनन । राजधानीको धुम्बाराहीमा रहेको अस्पतालमा उपचारका लागी गएका तेह«थुमका ४५ वर्षिय देवेन्द्र बहादुर निरौलाको आईतबार उपचारकै क्रममा मृत्यु भएको थियो ।

सामान्य बिरामीको उपचारमा अस्पतालको लापरवाही गर्दा मृत्यु भएको भन्दै आफन्तले आईतबार र सोमबार अस्पताल घेराऊ गरेका छन । मृतकका आफन्तले शरिर दुखेर स् स्वास्थ्य परिक्षण गर्न गएको सामान्य विरामीको अस्पतालमै हुने मृत्युलाई सामान्य मान्न नसकिने भनाई छ । बिहिबार अस्पातल पुगेका निरौलालाई चिकित्सकले अल्सर देखिएकाले भर्ना गराएको थियो । अस्पताल नजिकै बस्ने आफन्तसँगै पुगेका उनको विहिबार र शुक्रबार भर्ना गर्ने बाहेक कुनै उपचार नै भएन तर शनिबार दिएको एउटा इन्जेक्सन नै देवेन्द्रको मृत्युका कारण बनेको उनिहरुको जिकिर छ ।

अस्पतालसम्म हिडेरै आएका सामान्य विरामीको मृत्यु हुनुमा अस्पताल र कार्यरत स्वास्थ्यकर्मीको हात रहेको भन्दै निरौला परिवारले उपचारमा संलग्न चिकित्सकमाथी कडा कारबाही हुनुपर्ने माग गरेका छन । साथै दोषीलाई कारबाही गरि अस्पतालले पीडित परिवारलाई क्षतिपुर्ती दिनुपर्ने उनिहरुको भनाई छ । तर, अस्पतालले भने अस्पतालको लापरवाहीेले बिरामी भएको भन्ने आरोपको खण्डन गरेको छ ।अस्पतालका निर्देशक डा. ज्योतीचन्द्र शर्माले बिरामीको मृत्युमा अस्पतालको कुनै हात नरहेको तर बचाउन चाहेर पनि नसकिएको भन्दै दुःख व्यक्त गरे ।

घटनाको सत्यतथ्य छानबिनका लागी आफुहरु तयार रहेको तर हुलहुज्जतले अस्पतालको दोष छ भन्दैमा दोष स्विकार्ने पक्षमा नरहेको शर्माको जिकिर छ । मृतकको परिवारसँगै सयौ आफन्तहरु अस्पतालमा जम्मा भएपछि अस्पताल परिसर आईतबार र सोमबार दिनैभर तनावग्रस्त बनेको छ । अस्पतालमा हुलहुज्जत हुन सक्ने त्रासले प्रशासनले अस्पतालको सुरक्षाका लागी प्रशस्त सुरक्षाकर्मी खटाएको छ ।

हिजो विहानदेखी मृतकको शव अस्पतालमै राखिएको छ । घटनाको अनुसन्धान गर्ने र दोषी देखिए कारबाही गर्ने प्रतिवद्धतासहित मृतकका आफन्त र अस्पताल प्रशासनबिच सामान्य सहमति भएपनि शव बुझेपछि घटना सामसुम हुने त्रासले आफन्तले शव बुझन मानेका छैन ।

ससाना बालबच्चासहितको एक युवकको मृत्युले परिवारमा ठुलो क्षति पुगेको छ । शोकमा डुवेका बृद्धबुवा आमा मृतको शव बुझेर दाहासंस्कार गर्ने पक्षमा छन तर यसअघि पनि पटक पटक यस्ता समस्यालाई नजरअन्दाज गर्ने गरेको अस्पतालले शव बुझेपछि यो घटनालाई पनि सामसुम पार्ने भयले पीडित परिवार भने अस्पताललाई अझै दबाब दिने पक्षमा छन ।

Loading...
error: Content is protected !!