एसपी ऋषिराम कँडेलको नेतृतवमा खटिएको टोलीद्वारा काँकडभित्ताबाट अफिमसहित २ महिला पक्राउ

मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित एक होटलबाट दुई किलो लागुऔषध (अफिम) सहित दुई भारतीय महिला पक्राउ परेका छन् ।

विशेष सुराकीका आधारमा नेपाल प्रहरी लागूऔषध ब्युरोका एसपी ऋषिराम कँडेलको नेतृतवमा खटिएको टोलीले बुधबार बिहान उनीहरुलाई पक्राउ गरेको हो । न्यू विशाल होटलको कोठा नम्बर १०५ मा लुकीछिपी बसेको अवस्थामा प्रहरीले भारत मणिपुर राज्यको राजधानी इम्फालकी ३० वर्षीया लक्ष्मी क्षेत्री र पश्चिम बङ्गाल राज्यको दार्जिलिङ जिल्लाकी ३८ वर्षीया गायत्रीदेवी क्षेत्रीलाई पक्राउ गरेको हो । उनीहरुलाई भारतबाट २ किलो अफिमसहित नेपाल भित्रन लागेको सुराकीमार्फत थाहा पाएपछि प्रहरीले निगरानी बढाएको थियो ।

सोही अनुरुप आज बिहान साढे १० बजे उनीहरुलाई काँकडभित्ता नाकाबाट पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ । उनीहरुलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा थप अनुसन्धानका लागि राखिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए । सो नाका हुँदै पछिल्लो समय भारतबाट लागूऔषध ओसारपसार भइरहेको छ ।

Loading...
error: Content is protected !!