चन्द्रागिरीमा भिरबाट टिपर खस्दा चालकको मृत्यु

चन्द्रागिरी नगरपालिका २ मसिने भिरमा गएराती टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरको भिमफेदी २ का २५ वर्षीय विनोद बल रहेका छन् ।

चन्द्रागिरी नगरपालिका २ मसिनेबाट ग्रावेल बोकेर वाणभञ्ज्याङतर्फ जाँदै गरेको प्रदेश २-०३-००१ क ५९९ नम्बरको टिपर गएराती ९ बजे दुर्घटना भएको थियो ।

टिपर सडकबाट करिब ६ सय मीटर तल खसेको महानगरीय प्रहरी प्रभाग नागढुंगाले जनाएको छ ।

Loading...
error: Content is protected !!