स्याङजामा जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा स्याङ्जाको हरिनाश गाउँपालिका ७ का ३३ वर्षीय भेलबहादुर थापा पक्राउ परेका हुन् ।
थापाले बालिकालाई जबरजस्ती करण गरी गर्भवतीसमेत बनाएको भनी उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय स्याङ्जाको प्रहरी टालीले उनलाई पक्राउ गरेको हो । कात्तिक १२ गते साँझ ५ बजेको समयमा बालिकालाई जबरजस्ती गरेको भन्ने जाहेरी दरखास्तका आधारमा उनलाई पक्राउ गरिएको जिप्रका स्याङ्जाका प्रहरी नायब उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए ।
थापालाई जबरजस्ती करणी मुद्दामा स्याङ्जा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गराइ थप अनुसन्धान भइरहेको छ ।