नेताहरुसहित ओली र नेपालबीच धुम्बाराहीमा बैठक सुरू

नेकपाका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरूबीच पार्टी कार्यालय धुम्बाराही बैठक सुरू भएको छ ।

छलफलमा ओलीसहित उनका तर्फबाट ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली र सुवास नेम्वाङ छन् । अर्कातर्फ नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भूसाल, र रघुजी पन्त सहभागी छन् । अर्का नेता झलनाथ खनाल भने गएका छैनन् ।

चार महिनापछि ओली र नेपाल बीच भेटवार्ता भएको हो । गएको २५ कात्तिकपछि संवाद टुटेको थियो । पार्टी विभाजन हुन नदिन अध्यक्ष ओलीले असन्तुष्ट पक्षलाई संवादका लागि बोलाएको निकट स्रोतले जनाएको छ ।

Loading...
error: Content is protected !!