टिभी अन्नपूर्ण डटकमका सन्चालक एवं प्रेस चौतारी उपत्यका प्रदेश कमिटीका सह–सयोजक राजु सुवेदीमाथि प्रहरीले निर्घात कुटपिट गरेको छ ।
सुवेदीलाई सोमवार साँझ न्यूरोडमा समाचार संकलनका क्रममा जनसेवाका प्रहरी निरीक्षकसहितको टोलिले निर्घात कुटपिट गरेको हो ।
सुवेदीले भिडियो खिचिरहेको अवस्थामा प्रहरी भ्यानमा राखेर निर्घात कुटपिट गर्दा घाइते भएको उनले जनाएका छन् । करिब ६ घन्टाको अस्पतालमा उपचारपछि पत्रकार सुवेदी घर फर्किएका थिए ।
सार्वजनिक स्थलमै प्रहरीले मोबाइल चोरी गर्नलाई निर्घात कुटपिट गरेको भिडियो खिचेको आरोपमा प्रहरीले नियन्त्रमा लिएर कुटपिट गरेको सुवेदीले बताएका छन ।
प्रेस चौतारीले पत्रकार सुवेदीलाई कुटपिटको घटनाको विरोध गर्दै दोषी प्रहरीलाई कारबाहीको माग गरेको छ ।