नुवाकोट घर भई भारतको राजधानी नयाँ दिल्लीमा बस्ने एक महिलाको गोली हानी हत्या गरिएको छ । नयाँदिल्लीको मजनुका टिलामा किराना पसल गर्दै आएकी ४५ वर्षीया मीना तामाङको गोली हानी हत्या भएको हो । उनलाई लुटेराहरूले गोली हानी हत्या गरेका हुन् ।
बुधबार बिहान करिब सात बजे मोटरसाइकलमा आएका दुई जना लुटेराले पसल लुट्न खोज्दा तामाङले प्रतिकार गर्दा उनीमाथि गोली हानेको दिल्ली प्रहरीले बताएको छ । घाइते तामाङको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले लुटेराहरुको खोजी भइरहेको बताएको छ ।