गुट भेलामा जानेलाई कारबाही गर्ने संसदीय दलको बैठकको निर्णय

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा एमालेको संसदीय दलको बैठकले गुटगत भेला नगर्न र पार्टीबाहेक अरु कसैको निर्देशन नमान्‍न सांसदहरुलाई निर्देशन दिएको छ । बैठकले पार्टी बाहेक अरुले बोलाउने भेलामा नजान सांसदहरुलाई निर्देशन दिइएको हो ।

बैठकलेगुटगत भेला गर्नेलाई कारबाही गर्ने निर्णय गरेको छ । बैठकले सांसदहरुलाई गुटगत भेलामा नजान सचेत गराउने र पार्टी निर्णय नमान्नेलाई विधानअनुसार कारबाही गर्ने निर्णय गरेको हो ।

बैठकले आत्मालोचनासहित संसदीय दल र पार्टीको कार्यक्रम सहभागी हुन सांसदहरूलाई आह्वान गरेको छ। दलका नेता केपी शर्मा ओलीको अध्यक्षमा बसेको बैठकले अन्यथा विधान अनुसार स्पष्टीकरण र कारबाहीको प्रक्रिया अघि बढाउने बताएको हो ।

यसअघि संसदीय दलको बैठकमा भाग लिन जाँदै गरेका नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका केही सांसद बाटोबाटै फर्केका थिए । बैठकमा भाग लिन जाँदै गरेका सांसद बाटोबाटै फर्केर खनाल(नेपालले ललितपुरको सानेपामा आयोजना गरेको राष्ट्रिय भेलामै उपस्थित भएका थिए। खनाल–नेपाल समूहले भने बुधबारदेखि राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेको छ ।

Loading...
error: Content is protected !!