अग्नि खरेलले महान्यायाधिवक्ताबाट राजीनामा दिएसँगै रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले बडाललाई महान्यायाधिवक्ता नियुक्त गरेको उच्च स्रोतले जनाएको छ । बडाल नेपाल बार एशोसियशनको उपाध्यक्षमा निर्वाचनसमेत लडेका थिए ।
अग्नि खरेलले आजै महान्यायाधिवक्ताबाट राजीनामा गरेपछि रिक्त स्थानमा बडाललाई जिम्मेवारी दिइएको हो । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले २०७४ फागुन ८ गते खरेललाई महान्यायाधिवक्ता पदमा नियुक्त गरेकी थिइन् । प्रधानमन्त्रीसँग आफूले सल्लाह गरेर नै राजनीनामा दिएको र आगामी दिनमा आफू सक्रिय राजनीतिमा क्रियाशील रहने उनले बताएका छन् ।