यस बर्षको होली पर्व सुरु भएको छ । काठमाडौंको हनुमानढोका वसन्तपुरमा आज बिहान ८ बजेर २६ मिनेटको साइतमा वसन्तपुरमा विधिवत् चीर ठड्याइएसँगै होली पर्व सुरु भएको हो ।
प्रत्येक वर्ष फागुनशुक्ल अष्टमीका दिन विभिन्न रङ्गका कपडाका ध्वजापतकासहित सजाइएको बाँसको तीन खण्डे चीर ठड्याएपछि होली पर्व सुरु भएको मानिन्छ।
चीर ठड्याइएसँगै स्थानीयहरूले हर्ष बढाइँका साथ अबिर दलेर खुसी मनाएका छन्। तीन तले चीरलाई फागुनशुक्ल पूर्णिमाको राति टुँडिखेलमा लगेर जलाएपछि होली पर्व सकिएको मानिन्छ ।
यस वर्षको होली काठमाडौंलगायत पहाडी जिल्लाहरूमा चैत १५ र तराई मधेशका जिल्लाहरूमा चैत १६ मा परेको छ । सरकारले होली पर्वका अवसरमा सार्बजनिक विदा दिदैं आएको छ ।