काठमाडौंको एक गेस्टहाउसमा पुरुषसँग अश्लिल हर्कत गरी गोप्य भिडिओ खिचेर पीडितसँग ब्ल्याकमेलिङ गर्ने कार्यमा संलग्न तीन जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा एक पुरुष र दुई महिला रहेका छन्।
जाजरकोटको भेरी नगरपालिका–६ घर भइ हाल गोंगबु बस्ने वर्ष २८ की संगीता शाह (रितु), सिन्धुपाल्चोकको साँगाचोकगढी–१२ घर भइ गोंगबु बस्ने वर्ष २१ की सुस्मिता गिरी र नुवाकोटको ताडी गाउँपालिका–६ घर भइ हाल स्वयम्भु बस्ने २१ वर्षीय शंकर खनाललाई प्रहरीले पक्रेको हो।
उनीहरुले कपन र इमाडोल बस्ने दुई पुरुषलाई चावहिलस्थित एक गेस्टहाउसमा बोलाएर कोठाभित्र सँगै बसेको र अश्लिल हर्कत गरी साथीलाई गोप्य तरिकाले भिडिओ खिच्न लगाई सो भिडिओ पीडितलाई बठाएर बार्गेनिङ गरेको प्रहरीले जनाएको छ।
त्यसक्रममा आठ लाख रुपैयाँ नगद तथा शंकर खनालको नाममा रहेको बैंक खातामा पाँच लाख रुपैयाँ राख्न लगाएको प्रहरीको भनाई छ।
पक्राउ परेका उपर थप अनुसन्धान भइरहेको छ।