भारतको दिल्ली सरकारले रक्सी पिउने उमेर चार वर्ष घटाएको छ। यसअघि त्यहाँ २५ वर्ष पुगेपछि मात्रै रक्सी पिउन पाइन्थ्यो भने अब २१ वर्षमाथिकाले पिउन पाउने नियम बनाइएको हो।
साथै, अबदेखि त्यहाँ सरकारले रक्सी बेच्न पाउनेछैन। नयाँ नियमलाई मानिसहरूले व्यावहारिक बताएका छन्। सरकारको काम रक्सी बेच्नु नरहेको पनि बताइएको छ।