नेकपा एमालेले नेताद्वय घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पनि ६ महिनाको लागि पार्टीबाट निलम्बन गरेको छ । यसअघि वरिष्ठ नेता माधव कुमार नेपाल र नेता भीम रावललाई चित्त बुझ्दो स्पष्टिकरण नदिएको भन्दै पार्टीबाट निलम्बन गरिसकेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी विरोधि गतिविधी संचालन गरेको भन्दै उनीहरु चारै जनालाई स्पष्टिकरण मागेका थिए ।