कांग्रेसले माग्यो प्रधानमन्त्रीको राजीनामा

आफ्नै सरकार गठन गर्न अग्रसरता लिने निर्णय

नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच प्रधानमन्त्रीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार गठन गर्न अग्रसरता लिने सहमति भएको छ ।

पार्टी कार्यालय सानेपामा दिउँसो २ बजेका लागि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक रोकेर सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला लगायतबीच छलफल भएको थियो ।

लामो रस्साकस्सीपछि प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र कांग्रेसकै नेतृत्वमा सरकार गठनको अग्रसरता लिने सहमति जुटेको एक नेताले जानकारी दिए ।

नेताहरुबीचको सहमतिपछि सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकमा त्यही प्रस्ताव आएको ती नेताले जानकारी दिए ।

Loading...
error: Content is protected !!